काठमाडौं,४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रचना गर्नु भएको गीतहरुको संगालो ‘परिर्वनका स्वरहरु ‘भाग-२ सार्वजनिक गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले आगामी शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रकाबीच नेता खनालद्वारा चरित गीत एल्बम ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्न लाग्नु भएको हो ।
पञ्चायतकालमा भूमिगत रहँदादेखि नै क्रान्तिकारी र देशभक्त गीतहरुको रचना गर्दै आएका खनाल बहुदल स्थापनापछि भने सक्रिय राजनीतिमा क्रियाशील रहनु भएको छ ।
२०६५ को नेकपा एमालेको बुटवल महाधिवेशनबाट अध्यक्षमा निर्वा्चित नेता खनाल २०६७ मा प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएको थियो । करिब ७ महिनाको सत्ता यात्राबाट बाहिरिएपछि खनालले पुनः सहित्य र गीत रचनातर्फ पनि सक्रियता देखाउँनु भ्एको छ ।
प्रतिक्रिया दिनुहोस्