
काठमाडौं,३ चैत । सरकारले एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिनु भएको हो ।
आईतबार कलंकीस्थित मालपोत कार्यालयमा सुरु गरिएको सुधारका प्रयासह?को निरीक्षण गरेपछि उहाँले सो कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्नेु त्यसपछि असार मसान् भित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने योजना अघि सार्नु भयो ।
मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफुले ती सेवाहरु विस्तारका लागि कलंकीथित मालपोत कार्यालयलाई नम“ना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाई छ ।
कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ । मन्त्री अर्यालले कलंकीपछि डिल्ली बजार र त्यसपछि चावहिलमा रहेको मालपोत कार्यालयको सेवामा तत्काल सुधार ल्याउन स’धारका पहलह?लाई अघि बढाइएको पनि स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्