
पाल्पा,२ चैत । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सिके राउतसंग सरकारले गरेको सहमती राष्ट्रघाती भएको आरोप लागाउनु भएको छ ।
केपी ओली र प्रचण्डले सिके राउतसंग गरेको सहमतीले देश गम्भिर मोडमा जाने दिशा तर्फ उन्मुख भएको देउवाले जिकिर गर्नु भयो । नेपाल प्रेस युनियन पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारले डेढ वर्षको अवधीमा कुनै पनि काम नगरेको उल्लेख गर्नु भएको छ ।
आरोप देशमा अहिले सम्मकै सबै भन्दा बढी भ्रष्टाचार मौलाएको, हत्या हिंसा बलात्कार बढेको देउवाले दाबी गर्नु भयो । सरकारको रबैयाको कडा प्रतिबाद गर्ने भन्दै उहाँले विप्लबले हत्या हिंसाको राजनिती छोडेर मुलधारको राजनितीमा आउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसमा समस्या रहेको खुलासा गर्दै उहाँले कसलेै भन्दै हिडदैमा नेतृत्व परिवर्तन भैनहाल्ने जिकिर समेत गर्नु भयो । पुर्व राजा तराईमा सक्रिय भएको भनाईको खण्डन गर्दै देउवाले त्यो सामान्य विषय भएको बताउनु भएको छ । पार्टी हिन्दु राष्ट्रको पक्षमा नरहेको भन्दै उहाँले शसांक कोईराला, शेखर कोईरालाहरु हिन्दु राष्ट्रको पक्षमा लाग्नु उहाँहरुको व्यक्तिगत विषय रहेको उल्लेख गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्