ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews ▶
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पटक आमा बन्दा…


admin
असार १७, २०७४ शनिबार   ३ : ४४   बजे

मिर्मिरे उज्यालो हुन लागेको थियो । यसो हेरे उ आफ्नो ठाउँमा सुतिरहेको थिएन । विस्तारै पुरै आँखा खोल्दा सिरानीमा तेर्सो परेर सुतेको थियो । उठ्न खोज्दै थिए फेरि निधाएछु । यतिकैमा विहानको ७ बजेछ । हिजो रातीभर राम्रो सँग सुत्न पनि पाइएको थिएन । प्रायजसो राति उसैको हेरचाहमा वित्ने गर्छ । म पनि आमाको परिवन्दभित्र रमाउदै थिए । रातभरि आफ्नो सन्तानको सेवा र ममतामा सर्मपित यी आँखा दिउसो भने आराम खोज्दै थिए । आमा भएको नविन अनुभव हो यो । एकदिन लुगा धुदै गर्दा मलाई एकजना अंकल पर्नेले सोध्नुभयो तिमीलाई यसरी दिशा हातले छुदा, धुदा घिन लाग्दैन ? मैले हाँस्दै भने लाग्दैन । यहि प्रसंगले मलाई आफ्नो विगतका घटनाक्रम याद आयो । एकपटक छिमेकीको बच्चाले दिशा गरेको रहेछ उसलाई बोक्दा मेरो हातमा लाग्यो । मलाई यति गनायो मैले उल्टी नै गरे । भन्नाले मलाई धेरै घिन लाग्यो । अनि एकदिन हस्पीटलमा डाक्टरलाई कुरेर बसिरहेको थिए । दुई तीन जना आमाहरु आफ्नो साना छोरा छोरी लिएर जचाउन आएका रहेछन । एक जना महिलाको बच्चाले बान्ता गरिहाल्यो अनि उनले हात थापिन । यस्तो दृश्य देख्दा अनौठो लाग्यो । छाद जस्तो कुरा कसरी हातमा थापेको होला भनेर मनमनै सोच्दै थिए । तर मैले त्यो ममतालाई कहाँ बुझेको थिए र । बच्चाले छादे, पादे, जे गरेपनि घिन लागि हाल्थ्यो । तर समय ठ्याक्कै उल्टो भयो । विवाहपछि आमा हुने सौभाग्य मेरो पनि आयो । पेटमा बच्चा हुँदा अनौठो लाग्थ्यो । अनि घरिघरि लात्तले हान्दा त झन म झसंग हुन्थ्ये । कहिलेकहीँ उसले खुट्टाले नहान्दा मलाई टेन्सन हुन्थ्यो । निकै पानी खान्थे । अनि उसको कार्य निरन्तर नै चल्थ्यो । अप्रेसन थियटरमा जब डाक्टरले बच्चाको मुहार देखाए । उतिबेला उसैको बाबाजस्तै लाग्यो । एनेस्थेसियाको डोजले शरिर लगभग लासजस्तै छ । खुट्टा चल्दैनन । डाक्टरहरुले नै पोस्टवार्डमा लान्छन । अनि आफन्त भेट्न आउदा बच्चाको कुरा गर्छन । मलाई त अचम्म लाग्थ्यो । पत्यारै लाग्दैनथ्यो मेरो पनि बच्चा भयो र भनेर । फेरि अप्रेसन गरेको घाउलाई जव एनेस्थेसीयाले छोड्दै गयो तव अलि बेस्सरी दुख्दै जान्थ्यो । पेट रित्तो जस्तो लागेर उतिवेलै घिउ र भात गमगम खाना मन लागेको थियो । पानी पनि खाना नपाइने पो रहेछ । २४ घन्टामा मैले एक पटक पनि बच्चालाई सम्झिन । मात्र मेरो दुखाईतिर ध्यान गयो । मलाई बेडमा सारेपछि अस्पतालले हामीलाई बच्चा दियो । अनिमात्र मैले उसको मुख राम्ररी हेरे । उसलाई दुध खुवाउन थाले अनि म भित्रबाट कता कता आफु आमा भएको अनुभुति आयो । दिनहरु वित्दै थिए । उसले दिनभरी नै आची गरिरहन्थ्यो म उसको आ“ची पुछिरहन्थ्ये र टालो फेरि रहन्थ्ये । बच्चाको दिशा र पिसाव गरेको लुगा फेर्दा फेर्दै दिनरात वित्थ्यो । मलाई आफ्नो बच्चाको दिशा किन हो पटक्कै घिन लागेन । बच्चाले अन्न खाने भएपछि झन गनाउने गर्छ तर मलाई गनाएन । अहिले पनि दिनै दिशा धुन्छु तर मलाई घिन लाग्दैन । उसले उल्टी गरयो भने हात थाप्छु । हाताभरि उसको छाद हुन्छ मलाई त्यसले केही फरक पार्दैन । उसको नाकमा सिगान हुन्छ मलाई पुछिदिन केही घिन लाग्दैन । कसरी यो भयो मलाई अचम्म लाग्छ । अरुको बच्चा र आफ्नो बच्चाको दिशा त दिशा नै हो नि तर अरुको घिन लाग्ने आफ्नो नलाग्ने कस्तो अनौठो अनुभुती हो यो । उसको जिउमा लगाएको तेल अरुलाई सुत्केरी गन्नाउछरे तर मलाई त बासना आउथ्यो । वास्तवमै यो एउटा अचम्मको सम्बन्ध र अनुभुती रहेछ । पहिलो पटक आमा हुनेहरुका लागि यो विल्कुल नया“ अनुभव हो । संसारका हरेक आमाहरुलाई सायद यस्तै लाग्छ होला आफ्ना सन्तानप्रति । जस्तोसुकै तनाव भएपनि बच्चाको मुहारमा झल्केको त्यो बालापन र उसको हाँसो देखेपछि मन प्रफुल्लित हुदो रहेछ । भर्खरै बोली फुट्न लागेको छ । यो त झन कस्तो रमाइलो कुरा । सुरुमै वावा भन्दै उसका बोली फुर्न थालेका छन । काइयो, कलम जे भेटेपनि फोन बनाउने अनि हेलो भनिहाल्ने रमाईलो पक्षले त झन कति रमाईलो लाग्छ । जसलाई देखेपनि ममा भन्ने यस्तै तोते बोलीले आमाहरुलाई अझ निखार बनाउदो रहेछ । अनि म सम्झन्छु मेरी आमालाई । मैले मेरो बच्चालाई जस्तो माया गर्छु, उ विरामी हुँदा जसरी रातभर अनिदो हुन्छु मेरी आमालाई पनि मैले यस्तै दुख दिए होला तैपनी मेरी आमाले अहिलेसम्म मलाई यो वास्तविकता भन्नुभएको थिएन । आज म आफै जब आमा बने अनि बुझ्दैछु आमाको गरिमा,ममता,त्याग । बच्चा ४५ दिनको हुँदा उसलाई खोप लगाउदा मैले उसको रुवाई सहन नसकेर आँशु खसाले । उसलाई लगाएको खोपले मलाई दुख्यो । त्यसैले आमा शब्द नै गहन छ । संसारका आमाहरु प्रति नमन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

खुला इन्टरनेटको अन्त्य

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

गणतन्त्रका परजीवीहरू

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group