
काठमाडौं,१ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने हुनु भएको छ ।
अध्यक्ष प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लाग्नु भएको हो । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका बताइएको छ । दाहालसँगै परिवारका अन्य केही सदस्य पनि अमेरिका जाने बताइएको छ ।
यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर जानु भएको थियो । सिंगापुरमा सीताको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्