इलाम, १७ असार । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिपचन्द्र राईले जितेका छन् । यसरी नै उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् ।
अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् ।
यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३ सय ९५ मत आएको छ ।
प्रतिक्रिया दिनुहोस्