धनगढी, ३० फागुन । कैलालीमा बुधबार मध्यरातमा विवाहको ब्यान्डबाजा सवार गाडीमा आगजनी गरिएको छ । केलालीको मसुरिया र राजीपुरकोबीच जंगलमा म१ख ४४१ नम्बरको गाडीमा आगो लगाइएको हो ।
गाडीमा क्षतिग्रस्त बनेको कैलाली प्रहरी प्रमुख आभुषण तिमल्सिनाले बताउनु भएको छ । उहाँले भन्नु भयो ,जंगलको बीच भागमा पुगेपछि बसमा सवार सबै ब्यान्ड टोलीलाई निक्लिन लगाइ आगो लगाइएको रहेछ ।’
यसका अलावा धनगढी आउँदै गरेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका ३ जनालाई गोदावरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ’गोदावरीमा आज बन्दको दिनमा पनि किन सवारी चलाएको भन्दै सार्वजनिक सवारी रोक्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको तिमल्सिनाले बताउनु भयो ।
पक्राउ परेकाहरुलाई कानुनअनुरुप म्याद थपी थप अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनु भयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी तथा यात्रुलाई उचित सुरक्षा व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनु भयो ।
यसैबीच नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस्