ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामबाट काँग्रेसले उम्मेदवारको नाम सिफारिस


admin
आश्विन २०, २०७४ शुक्रबार   १ : ०७   बजे

मंगलबारे, इलाम, २० असोज । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस इलामले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ बेनुपराज प्रसार्इं, भूपेन्द्र कट्टेल, भेषराज आचार्य, केशव थापा, मोहन श्रेष्ठ, विक्रम पाण्डे र हिमालय कर्मचार्यको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ केशव थापा, भेषराज आचार्य, बेनुपराज प्रसाईं र निर्मला प्रसाईंको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेर पठाइसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिनुभयो ।

“प्रतिनिधि र प्रदेशसभाका लागि जिल्लाबाट कसैको नाम सर्वसम्मतरुपमा सिफारिस भएन”, देवानले भन्नुभयो, “सर्वसम्मत नाम सिफारिसका लागि धेरै प्रयास गरे पनि सफल हुन सकिएन, त्यसैले आकांक्षी उम्मेदारको नाम जिल्लाबाट केन्द्रीय समितिमा जस्ताको त्यस्तै पठाएका छौँ ।”

यसैगरी प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २० जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको छ । जसअनुसार, क्षेत्र नं १ को ‘क’ मा हुकुमलाल थेबे, मिलन क्षेत्री, अनिता श्रेष्ठ, धनबहादुर खाम्दाक र विक्रम पाण्डे तथा क्षेत्र नं १ को ‘ख’ मा दुर्गाकुमार बराल, लक्ष्मीकान्त घिमिरे, हेमकुमार (विष्णु) कार्की, कमला कट्टेल, प्रमोद राई र लालबहादुर बस्नेतको नाम केन्द्रीय समितिमा पठाएको सो पार्टीले जनाएको छ ।

त्यस्तै क्षेत्र नं २ को ‘क’ मा डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्ण गौतम तथा क्षेत्र नं २ को ‘ख’ मा खगेन्द्र देवान, नगेन्द्र कुमाल, यामकुमार बुढाथोकी र चूडामणि पौडेलको नाम केन्द्रीय समितिमा पठाइएको पार्टीका जिल्ला सचिव देवानले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ५२ जनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि १३ र प्रदेशसभा सदस्यका लागि ३९ जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group