ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिके रावत र सरकार संझौता भ्रमपुर्ण र रहश्यमयः अध्यक्ष थापा


admin
फाल्गुन २७, २०७५ सोमबार  २ : ५० बजे


दाङ,२७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनवादी नेता सिके रावतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाई थप विखण्डन तर्फ धकेल्ने बताउनुभयो ।

सोमबार तुलसीपुरमा आयोजना गरेको सडक साक्षात्कार कार्यक्रममा राप्रपा नेता थापाले उक्त कुरा बताउनु भएको हो ।

विखण्डनवादी नेता रावतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको उहाँले बताउनुभयो । ‘वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र रावतबीच भएको संझौता भएको लगत्तै जनकपुरमा सिके रावत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षाघेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’, नेता थापाले भन्नुभयो ।

संझौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफु तराइलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहाँले बताउनुभयो । त्यसैगरी साक्षात्कार कार्यक्रममा उहाँले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि बताउनुभयो ।

‘चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । त्यसैगरी सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मनिरपेक्षता हटाई नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उहाँको माग थियो ।

त्यसैगरी एक अर्को प्रसंगमा नेता थापाले सरकारले राष्ट्र विखन्डन गर्ने एजेण्डा बोकेकालाई गला लगाएर स्वागत सम्मान गर्ने , राजनितिक परिर्वतन गर्न खोजेको विप्लव नेतृत्व पार्टीलाई दमन गर्ने सरकारको जुन निती लिएको छ त्यसले भविष्यमा खतरा हुने समेत बताउनुभयो ।

विप्लव उठाएको राजनितीक विषयमा आफुहरु सहमत नभएको भन्दै विप्लव समुहलाई पनि बन्दुक छाडेर जनताको वलमा आन्दोलनमा आउन आग्रह गर्नुभयो । साथै आफुले पार्टिको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पारे । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’-नेता थापाले भन्नुभयो ।

त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन आम नेपालीलाइ आव्हान गर्नभयो ।

विसं २०६२-०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरीकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथी आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताउनुभयो । सो कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारी लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com