ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस आन्दोलनको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारलाई सभामुखको रुलिङ


admin
फाल्गुन २६, २०७५ आईतबार  १ : ३५ बजे


काठमाडौं,२६ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

आईतबारको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसदहरुले मधेस आन्दोलन प्रतिवेदन सदनमा पेस नभएसम्म बैठक चल्न नदिने भन्दै उभिएर विरोध जनाएपछि सभामुखले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठक सुरु हुने वित्तिकै ढ्याढ्यापे समयमा बोलेका राजपाका सांसद महेन्द्र राय यादवले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सदनमा पेश गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख महराले त्यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो “माननिन सदस्य महेन्द्र राय यादवले उठाएको विषय निकै गम्भीर र विशेष महत्वको विषय रहेको छ । म यो विषयप्रति सदनको विशेष र गम्भीर ध्यानाकर्षण भएको अवगत गराउन चाहन्छु । र म साथ साथै सरकारलाई यस विषयमा विशेष र गम्भीर ध्यानाकर्षण गराउदै आवश्यक जवाफ दिन निर्देशन दिन्छु ।”

मधेस,थरुहट आन्दोलनको सत्य तथ्य छानविन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । राजपाले सो आयोगको अध्ययन प्रतिवेदन संसदमा पेस गर्नका लागि सभामुखको रुलिङ माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com