पाल्पा २६ फागुन । खानेपानी मन्त्री विना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पु¥याउनु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ ।
पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उहाँले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारी गरेको बताउँनु भयो । उहाँले भन्नु भयो, शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।“
खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारी गरेको बताउँनु भयो । उहाँले भन्नु भयो, शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।“
खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको उहाँले बताउनु भयो । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।“समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न् नसकेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्