काठमाडौं,२५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका लागि अमेरिका जाने हुनुभएको छ । उहाँ कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन आइतबार अमेरिकाको न्यूर्योक जानेहुनुभएको हो ।
राष्ट्रपति भण्डारी सहित २२ सदस्यीय टोली आइतबार अमेरिका प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले शनिबार सार्वजनिक गरेको छ ।
भ्रमण दलमा राष्ट्रपति भण्डारीसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडालगायत रहेका छन ।
अमेरिकामा रहदा राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र महासभा अध्यक्ष मारियासँग राष्ट्रसंघमै भेटवार्ता गर्नु हुने छ । यस्तै राष्ट्रपति भण्डारी र इस्टोनियाकी राष्ट्रपति केस्ट्री काल्जुलाइड तथा क्रोएसियाली राष्ट्रपति कोलिन्डा ग्रावर कितारोभिकसंग पनि छुट्टा–छ्ट्टै द्विपक्षीय सम्बन्धबारे भेटघाट तथा छलफल हुनेछ ।
आयरल्यान्डकी पूर्वप्रधानमन्त्री म्यारी रोबिन्सनसंग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।
संयुक्त राष्ट्रसंघीय महासभामा महिलासम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्