काठमाडौं,२५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २ नं. प्रदेशस्तरीय सभालाई संयुक्त सम्बोधन गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले पृथकतावादी आन्दोलनकारीलाई पनि शान्तिपुर्ण ढंगले राजनीतिको मुलधारमा ल्याएको दाबी गर्नुभयो । उहाँले तराई मधेसको विकास र समृद्धिको लागि प्रदेश नम्बर २ सरकारको महत्वपूर्ण भूमिका भएका उल्लेख गर्नुभयो ।
नेकपाका वरिष्ठ नेता माधव नेपालले दुई पार्टी मिलेर बनेको नेकपालाई टक्कर दिने कुनै पार्टी नभएको दाबी गर्नुभएको छ । उहाँले देश बचाउने पार्टीसमेत नेकपा भएको जिकिर गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्