काठमाडौं,२५ फागुन । गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताउनुभएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुग्नुभएका गृहमन्त्री थापाले चन्द समूह खासै ठूलो चुनौती नभएको पनि बताउनुभयो । उहाले चन्द नेतृत्वको गतिविधिलाई उन्मुक्ति दिँदा हौसला मात्रै बढेको भन्दै खासै ठूलो चुनौतीको विषय नभएकाले संविधान हातमा लिएर गतिविधि गरे कानुनी प्रक्रियाबाट निष्तेज पारिने दाबी गर्नुभयो ।
लोकतान्त्रिक प्रक्रियाबाट वार्तामार्फत समस्या समाधान गर्न पनि सरकार तयार रहेको जानकारी गराउनुभयो । गृहमन्त्री थापाले माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दाजस्तो युद्धका लागि वस्तुगत आधारसमेत नभएको दाबी गर्नुभयो ।
सीके राउतको प्रसंगमा गृहमन्त्री थापाले छुट्टै देशको नारा दिएर अघि बढिरहेको समूहलाई मूलप्रवाहमा ल्याइनुलाई सफलता भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्