रौतहट,२५ फागुन । नेकपा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टीले विशाल आमसभा गर्दै छन ।
शनिबार १ बजे हुन लागेको आमसभालाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विषेश सम्बोधन गर्दैछन् ।
एमाले र माओवादी केन्द्रबीच एकतापछि तराईमा पहिलो पटक दुई अध्यक्षले सम्बोधन गर्दैछन । सम्बोधनको सम्पुर्ण तयारी पुरा भएको छ, भने आमसभा स्थल वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको छ ।
सुरक्षाका लागि आमसभा स्थल वरपर सिसी क्यामेरा समेत जडान गरिएका छन् । सम्बोधनमा पार्टीको अवधरणा तराईका जनतालाई आफनो पार्टीको अबको कार्यदिशाको विषयमा दुई अध्यक्षले सम्बोधन गर्ने नेकपाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले एबीसी न्युजलाई बताउनु भयो । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने समेत बताईको छ ।
प्रतिक्रिया दिनुहोस्