काठमाडौं,२४ फागुन । प्रप्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुटेरा समूहको संज्ञा दिनु भयो ।
मुलुकमा लुट मच्चाईरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई आफ्नो नाम ‘लुटेरा समूह’ राख्न पनि सुझाव दिनु भयो । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताउनु भयो ।
उहाँले सरकारले मुलुकको शान्ति सुरक्षाको लागि लुटपाटमा संलग्नहरुमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । कार्यक्रममा बोल्दै स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले सरकारसँग गरिएको सहमति ऐतिहासिक भएको बताउनु भयो ।
उहाँले शान्तिपूर्ण रुपमा मुलुकको समृद्धिको अभियानलाई सफल बनाउन आफूले सो सहमति गरेको पनि स्पष्ट पार्नु भयो । नेता राउतले मधेशको माग लोकतान्त्रिक विधिद्धारा पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्