
काठमाडौं ,२४ फागुन । स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएका सीके राउत विखण्डनकारी गतिविधि त्याग्दै अखण्ड नेपालको पक्षका उभिने भएका छन् ।
हिजो मात्र सर्वोच्च अदालतको आदेशमा रिहा भएका राउतले आजै स्वतन्त्र मधेश गठबन्धन विघटन गर्दै अखण्ड नेपालको पक्षमा उभिने प्रतिवद्धता जनाउने भएका हुन् । सरकारका प्रतिनिधिसंग पटकपटक भएका वार्ता पछि राउत विखण्डनकारी गतिविधि त्याग्न सहमत भएका हुन् ।
राउतले आजै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सार्वजनिक रुपमा सो प्रतिवद्धता जनाउंने बताइएको छ । प्रधानमन्त्री ओलीले विशेष राष्ट्रिय महत्वको सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाउनुभएको छ ।


















प्रतिक्रिया दिनुहोस्