बुटवल, २२ फागुन । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नभएको बताउनुभएको छ ।
प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तु स्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाउनुभयो । उहांले संघियतालाई आत्मसाथ गरेकै कारण देशमा सकारात्मक संकेटहरु देखिन सुरु भै सकेको दाबी गर्दै नेपालको सन्दर्भमा संघियताले आर्थिक समृद्दी ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश योजना आयोगले सरकार गठन लगत्तै सरकारले प्रकाशन गरेको स्थितीपत्रलाई पुर्णता दिंदै वस्तु स्थिती पुस्तक तयार गरेको हो । बिमोचन कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले प्रदेश वस्तुस्थिती पुस्तकमा प्रदेशको दिगो बिकासको समेत लक्ष समावेश गरिएको जानकारी दिनुभयो ।
पुस्तकमा प्रदेश नम्बर ५को आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थाको बिश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्