ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी लगाएर शिक्षक कुट्ने काम बन्द गरियोस्


admin

काठमाडौं,२२ फागुन ।  प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ । 

बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्छ ।” 

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका बालकृष्ण खाँडले पेशागत हित र सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकमाथि प्रहरीबाट लाठी प्रहार हुँदा सयाँैको सङ्ख्यामा शिक्षक घाइते भएको जनाउँदै उक्त घटनाप्रति विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “शिक्षकमाथि भएको प्रहरी दमन निन्दनीय छ, म सरकारलाई चेतावनी दिन चाहन्छु, यस्ता घटना पुनः दोहोरिन नदिनुस्, उनीहरुसँग वार्ता गरेर समस्यालाई सम्बोधन गरियोस् । 

सांसद महेन्द्र राय यादवले लोकतन्त्रको मूल्य र मान्यताविपरीत शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकमाथि भएको प्रहरी दमनको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले घाइते शिक्षकको उपचार खर्च उपलब्ध गराओस्, प्रवेशिका परीक्षाको मुखमा ३८ हजार शिक्षक आन्दोलनमा रहँदा विद्यार्थीको पढाइ चौपट भएको छ, यस अवस्थालाई छिटो समाधान गर्न सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन गरोस् । 

सांसद प्रमोद साहले सांसद रेशम चौधरीलाई राजनीतिक व्यक्तिका रूपमा नहेरी आपराधीक व्यक्तिका रूपमा लिएर १२ वर्ष कैद गर्ने अदालतको फैसलाप्रति असन्तुष्ट व्यक्त गर्दै अस्थायी शिक्षकलाई अप्ठेरोमा पार्ने काम नगर्न सरकारलाई सुझाव दिनुभयो । सांसद प्रदीपकुमार यादवले अधिकारको आन्दोलनमा रहेका शिक्षकलाई पञ्चायती शैलीमा घेरा हालेर भएको कुटपिट भएको जनाउँदै त्यस्तो व्यवहार नदेखाउन सरकारलाई चेतावनी दिनुभयो । 

सांसद सीतादेवी यादवले स्थानीय पूर्वाधार विकास कार्यक्रममा भएको राजनीतिक हस्तक्षेपको घटनाप्रति आपत्ति जनाउनुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको अनियमितता र ढिलाइबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । 

सांसदद्वय उमाशङ्कर अरगरिया र नरबहादुर धामीले लाठी लगाएर होइन, वार्ताको माध्यमबाट शिक्षकका समस्या समाधान खोज्न सुझाव दिनुभयो । सांसद जिपछिरिङ लामाले आफनो हकहित र व्यावसाययिक सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकलाई प्रहरी लगाएर कुट्ने काम रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै बिजुली गएपछि

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com