ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथर काँग्रेसबाट उम्मेदवारको नाम सिफारिस


admin
आश्विन १९, २०७४ बिहीबार   ४ : २१   बजे

पाँचथर, १९ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले राष्ट्रियसभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङ्देम्बे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रूपनारायण जबेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट सुरेन्द्रकुमार दाहाल, वीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रविक्रम नेम्वाङ, खड्गसुन्दर लावतीलगायत छजनाको नाम सिफारिस गरिएको छ ।

उक्त बैठकले राष्ट्रसभामा समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जबेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङ्या, यज्ञ भट्टराई, छवि बाँस्कोटा, सुरेन्द्र तिम्सिना, नारायण कोइराला, जयप्रसाद रिजाललगायत १४ जनाको नाम चयन गरेको छ ।
क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस भएको छ ।

आकांक्षीमध्ये प्रदेशसभा प्रत्यक्षतर्फका लवदेव ढुंगाना र क्षेत्र नं २ बाट समानुपातिकतर्फका वीपेन्द्र गौतम पत्रकार हुन् ।

त्यस्तै नेकपा (एमाले) पाँचथरले प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रीय सदस्य पूर्व सामान्य प्रशासन मन्त्री डम्बरसिं सम्बाहाम्फेको नाम सर्वसम्मतरूपमा छनोट गरिएको जनाएको छ ।

त्यसैगरी प्रदेशसभाका लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएका आकांक्षीको नाम नै जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको बताइएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकिएपछि दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फबाट पाँच–पाँचजनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तिवेन्द्र चापागार्इंले बताउनुभयो ।
सिफारिस भएका भध्ये प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागार्इं, जिल्ला सचिव तिवेन्द्रराज चापागाईं, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङ्देन छन् भने क्षेत्र नं १ बाट समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जबेगु, वीरदल राई, सुदर्शन थापा, कमल जबेगुको नाम सिफारिस भएको चापागार्इंले बताउनुभयो ।

यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ कृष्ण आङ्देम्बे, नरेन्द्र बस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिकतर्फ गोविन्द तामाङ, नरबहादुर खड्का, ड्राइभरसिं महरा, करुणा राई र सन्त राईको नाम सिफारिस भएका बताइएको छ ।

पाँचथरबाट यसअघि माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ । जसमा संघतर्फ श्रीप्रसाद जबेगु, पाँचथरको क्षेत्र नं ‘क’ बाट हर्क नेम्वाङ मिक्सो र ‘ख’ बाट इन्द्र आङ्बो मौसमको नाम केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group