
काठमाडौं, २० फागुन । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।

आज दिउँसो बालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिनुभएको हो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उहाँको अभाव सधैं खट्किरहने बताउनुभयो ।

पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्नुहुँदै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर शेर्पाले आफूलाई भनेको बताउनुभयो ।
सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गर्नुभएको थियो ।


















प्रतिक्रिया दिनुहोस्