ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक नेताको आँखामा भरतमोहन…


admin

काठमाडौं,१९ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् । 

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् । 

शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएका नेता अधिकारीलाई श्रद्धाञ्जलि दिन नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा उपस्थित नेताले पुरानो र नयाँ पुस्तालाई जोड्ने सादा जीवन उच्च विचारका कम्युनिष्ट अगुवाका रुपमा स्मरण गरेका छन् ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको कोणबाट हेर्दा सबै मूल्य र मान्यताका आधारमा अघि बढ्ने सादा जीवनको पक्षपोषक अधिकारी जनतालाई विकासको प्रक्रियामा सहभागी गराउन जीवनभर चिन्तनशील भएको व्यक्तिको रुपमा सम्झनुभयो । 

“उहाँकै देन हो ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने अभियान, बजेट व्यवस्थापनदेखि वृद्धभत्ता दिने मात्रै होइन पछि मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्ष भएर उहाँले वृद्धलाई देशदर्शन अभियानमा सरिक गराएर वृद्धको सम्मान गर्ने एक किसिमको संस्कार हुर्काउने काम गर्नुभयो” नेता नेपालले भन्नुभयो, 

विसं २०४४ पछि उहाँसँगै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक आन्दोलनमा संलग्न गराउने सन्दर्भमा नेपाल अधिराज्यको संविधान निर्माण गर्ने सन्दर्भमा र दुईवटै पार्टीलाई एकताबद्ध बनाउने कुरामा अधिकारीको अतुलनीय योगदान रहेको भन्दै नेता नेपालले उहाँ पुरानो र नयाँ पुस्ता जोड्ने, विचारको मामलामा प्रष्ट, जनताको बहुदलीय जनवादका मूल्य मान्यतालाई गहिरो रुपमा आत्मसात गर्ने, प्रजातान्त्रिक उदार विचारका पक्षपोषक तथा राजकीय जिम्मेवारीलाई योग्यता र कुशलताका साथ सम्हालेका नेता भएको उल्लेख गर्नुभयो । 

श्रद्धाञ्जलिपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख कृष्णबहादुर महराले पछिल्लोचोटी २०६८ सालमा सँगै उपप्रधानमन्त्री बनेको स्मरण गर्दै परिपक्क विचारवान नेता भएकाले उहाँको निधनले सच्च नेताको अभाव खड्किएको महसुस भएको बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता अधिकारीलाई नेपाल कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्दै आएका नेताको रुपमा स्मरण गर्दै २००७ सालको परिवर्तनपछि राजनीतिक पार्टी निर्माणको प्रक्रियामा शुरुदेखि नै कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका पुरानो पुस्ताको एउटा अथक योद्धा हुनुहुन्थ्यो भन्नुभयो । 

उहाँका अनुसार कम्युनिष्टको दोस्रो महाधिवेशनमा नेता अधिकारी प्रतिनिधि हुनुहुन्थ्यो । तृतीय महाधिवेशन हुँदा विसं २०१९ मा उहाँ केन्द्रीय कमिटीमा हुँदा कम्युनिष्ट विभाजन भयो । दाजु मनमोहनको पक्षमा रहेका उहाँ शक्तिशाली नेता हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एउटा सपना बोक्नु भएका उहाँ निरङ्कुशता विरुद्धको आन्दोलनमा लगातार लाग्नुभएको थियो । 

पञ्चायतविरुद्धको आन्दोलनमा उहाँका कार्यक्रममा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै मन्त्री पोखरेलले उहाँकै अग्रसरतामा मदन भण्डारीसँग पनि भेटघाटको अवसर जुरेको स्मरण गर्नुभयो । संयुक्त मोर्चाका पक्षधर, निरङ्कुशता विरोधी आन्दोलन २०४६ वरिपरिको वाममोर्चामा सहभागी नेता अधिकारी विसं २०४७ को संविधान निर्माण गर्न गठित आयोगको सदस्य रहेर महत्वपूर्ण भूमिका खेल्नुभएको मन्त्री पोखरेलले बताउनुभयो । 

नेपालको राजकीय पक्ष, सरकार र संसद्सँग सम्बन्धित कामको कोणबाट हेर्दा उहाँले चालेको कदम ‘आफ्नो गाउँ आफैं बनाऔं,’ र वृद्धभत्ताको कार्यक्रम अहिले पनि सम्झनलायक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले राजनीतिकसँगै आर्थिक र सामाजिक पक्षमा पनि उहाँको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । 

“पछिल्लो समयमा आफू शिक्षा मन्त्रीभएपछि विराटनगरमा पोलिटेक्निकल स्कुल चलाउने सन्दर्भमा उहाँको विशेष योगदान रह्यो, अविचलित ढङ्गले कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्ने धरोहर हुनुहुन्थ्यो, जसको योगदान नयाँ पुस्ताले सिक्न लायक छन् ।” मन्त्री पोखरेलले स्मरण गर्नुभयो । 

प्रतिकुलतामा विचलित हुने अहिलेको अवस्थामा उहाँबाट नयाँपुस्ताले सिक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अहिलेको वृहत कम्युनिष्ट आन्दोलन निर्माण हुनुमा उहाँजस्ता अग्रजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु विद्यार्थी हुँदा नै कम्युनिष्ट पार्टीको नेतृत्वमा पुगिसक्नुभएका इमानदार नेताको रुपमा चिनेको र उहाँको अवसानले राष्ट्रले असल राजनीतिज्ञ गुमाएको महसुस भएको बताउनुभयो । 

नेता अधिकारीले नेपालको राजनीतिक परिवर्तन, उतारचढाव र आन्दोलनमा राष्ट्रका लागि नेतृत्वदायी भूमिका खेलेकाले कम्युनिष्टका लागि मात्रै होइन, संसदीय प्रजातन्त्रका लागि सधैँ समर्पित भएर योगदान पु¥याउनुभएको भन्दै गच्छदारले जननिर्वाचित भएर आउँदा अर्थमन्त्रीको रुपमा रहेर जनप्रिय काम गरेर इतिहास कायम गरेको स्मरण गर्नुभयो । 

उहाँले देशको आर्थिक उन्नयनका लागि लोकप्रिय उदार अर्थनीति ल्याउनुभएकाले अधिकारीलाई असल अर्थविद्को रुपमा समेत परिभाषित गर्नुभयो । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले उहाँको कार्यकालमा धेरै लोकप्रिय कार्यक्रम भएको उल्लेख गर्दै निष्ठावान, आदर्श व्यक्ति, सफल अर्थमन्त्री र सफल नेताको रुपमा आफूले चिनेको उल्लेख गर्नुभयो । 

विसं २०५१ मा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटबाट सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी भएको थियो । 

दिवङ्गत नेता अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ८ बजेदेखि १२ बजेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले अधिकारीप्रति पुष्पहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । 

उहाँको पार्थिव शरीरमा काङ्ग्रेसका नेता नरहरि आचार्य, सुजाता कोइराला, विभिन्न सुरक्षा अङ्गका प्रमुख, विभिन्न दलका नेता, उहाँका शुभेच्छुक तथा नेकपाका कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com