
काठमाडौं,१९ फागुन । सराङकोटबाट उडेको प्याराग्लाइडिङ पोखराको फेवातालमा खस्दा एक जना विदेशी नागरिक मृत्यु भएको छ ।
रोमानीयाका नागरिक ४२ वर्षीया इडिई केजीको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।प्याराग्लाइडिङ फेवातालमा खस्ने बित्तिकै उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो। प्याराग्लाइडिङ ११:१५ बजेको समयमा उडान अवतरण गर्ने क्रममा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्