प्युठान, १७ असार । प्युठानको भिम्रुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । यससँगै राजमोले जितेको स्थानीय तहको संख्या २ पुगेको छ । राजमोले यसअघि प्युठानकै मल्लरानी गाउँपालिका जितेको थियो ।
झिम्रुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जीसी र उपाध्यक्षमा पबित्रा जिसी विजयी भएका छन् । तिलक जिसीले निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार पितबहादुर महतरालाई ९७८ मत अन्तरले हराए । जिसीले ३ हजार ६६० र महतराले २ हजार ७८१ मत पाएका छन् ।
उपाध्यक्षकी राजमोकी पबित्रा जिसी ३ हजार ७७९ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी राधिका डिसीको पक्षमा २ हजार ५२६ मत परेको छ ।
यसअघि प्युठान सदरमुकाम रहेको मल्लरानी गाउँपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना २ हजार ३२८ मत र उपाध्यक्षमा राजमोकै सरिता जिसीले २ हजार ३८६ मतसहित विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्