काठमाडौँ,१५ फागुन । नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । जल तथा उर्जा सम्बन्धमा छलफल गर्न बैठकको आयोजना गरिएको हो।
बैठकको पूर्वसन्ध्यामा मंगलबार जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्य आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन बैठक आयोजना गरेको थियो।
बैठकमा नेपाल–भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न पनि निर्देशन दिएका थिए।
प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भीरताका साथ उठाउनु पर्ने बताए।
२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ।
प्रतिक्रिया दिनुहोस्