ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खस्कीदो काम धन्दा, उस्कीदो घरेलु हिंसा श्रृष्टि श्रृजनाकी धनी महिला माथिको अपराध


एबीसी न्यूज

ॐ नम्ः शिवाय ‘श्रृष्टिका पहिले थिया, मयि फंगत मेरै विकास हो जगत’ भनेर वर्णन गरेको अठार हजार पुराना गन्थ्र शास्त्रमा हामि पाउदँछौ । श्रृष्टिको विकास गर्नको लागी भगवान शिवले शक्ति माता उत्पन्न गरि जंगम श्रृष्टिबाट चेतन श्रृष्टिको लागी ब्रह्मा जिलाई श्रृष्टि गर्न आदेश दिनुभयो । बह्माले आफ्ना मानस पुत्रको जन्म दिँदा उनी पनि तपश्चरिर्यामा लागेकाले, मैथुनि श्रृष्टिको लागी मनु जन्मिनुभयो । संसारमा चेतना समेतको पुरुष र श्रीशक्तिबाट जन्मा जन्मश्रृष्टि हुन थाल्यो । हामि एकै मुनुका सन्तान हौँ । विस्तार भएर संसार भरि फैलिएका छौ । ऋषिमुनिकै हिसावले गोत्रपनि कहलिन गएको छ यो धुवसत्य छ यो श्रृष्टि नमर्ने श्रृष्टि हुदाँ संसारमा कसैले कसैलाई नटेर्ने को भन्दा को ठुलोको स्थिति रहँदा भगवान वाटै जन्मा–जन्म अथवा जन्म मरणको श्रृष्टि लागु हुन गयो ।

श्रृशक्ति धर्ती र पिता शिव आकाश भईश्रृष्टि संञ्चालन हुदाँ पुरुष प्रधान कै रुपमा चलिआएको हो ।जसरि हामी भगवान, भवानीहरुको पुजा अर्चना गदै आइरहन्छौ श्रीशक्तिको लागी पति परमेश्वको भन्दा ठुलो पुजा केहि पनि हुन सक्दैन । यो १८ हजार बर्ष पुरानो गन्थ्र शास्त्रहरुवाट प्रमाणित कुरा हो । यो त भयो पृष्टिभुमि अव लागौ खस्किँदो काम धन्दा उस्किदो घरेलु हिँसा, श्रृष्टि श्रृजर्नाकि धनि महिलाहरुमाथि हुने जगन्य अपराधका घटनाहरु !आधा शक्ति देव र आधा शक्ति देवी हो भनि ग्रन्थहरुमा प्रमाणित छ ।

देव दानवको भयंकर लडाई भयो र कोहीले कसैलाई हराउन नसकेपछि देव दानवको शक्ति परिक्षणको लागी शेष नागहरुको नेति मन्दरा अंचल पर्वतको मदानी तयार गरि समुन्द्र मन्थन हुन लाग्यो । एकातर्फ हलाहल विष र अर्को तर्फ अमृत निस्किन गयो । त्यो संगै १६ वटा रत्नहरु निस्कियो जसमा कलश रत्न, कामधेनु गाई र लक्ष्मि श्रीरत्न । त्यो श्री रत्न जो देवि हुन । देवतालाई पटक पटक संकट आईलाग्दाको वखत देविले दानवहरुको उग्रसंकटबाट मुक्त गराएको संग्राममा ठुलो विजय हाँसिल गरेका शास्त्र सम्मत आलेखहरु ग्रन्थहरुबाट हामिलाई जानकारी भएकै कुरा हुन् । त्यस्ता श्रीरत्न जो आमाको भुमिका निभाई, संसारको जननीको भुमिका निभाई राखेकि छिन ।


ति लक्ष्मि, ति नारी, ति शक्ति, ति जननी आजको कलि युगमा छाउपडी गोठमा सुत्न बाध्य छिन् । घरेलु हिँसा सहन बाध्य छिन्, दाइजोको नाममा तिरस्कृत हुन बाध्य छिन् हुँदा हुदाँ पाश्सात्य संस्कृतिको सिकार हुन पुगेको छिन । जसमा बलात्कारका घटना दिना न दिन भइराखेका छन् । जर्बजस्ती करणीका घटना घटिदै आइराखेका छन्, वधुवा मजदुरको श्रेणिमा आइराखेकी छन् । दिनानु दिन बेचविखनमा परि राखेकी छिन् । हिजै मात्र ३७ जना नेपाली चेली भारतमा बेच्न लाग्दा माइति नेपालले मुक्त गरेको समाचार ताजा सुन्नमा आइराखेको छ । यो भयावह स्थितिले धर्मसनातनमा आघात पुग्न गएको छ । हाम्रो पवित्र देश नेपालका चेली कुवेत प¥याएका छन् । दुवै, मलेसिया, कतार, साउदि पु¥याएका छन् ।

भारत प¥याएका छन् । हँदा हुँदा चाइना समेत प¥याएका घटना सुन्नमा आउदछँन । श्रीशक्ति त्यो शक्ति हो, जहाँ श्रीपुजित छिन् त्यो घर लक्ष्मिको घर हो, त्यो घर अतिथिको घर हो, त्यो घर सुखको सागरको घर हो । त्यो घर पति देवलाई समेतलाई पुज्ने सत्यवान धुव्रको घर हो त्यो घर कहिल्यै विखण्डनको दिशातिर जाँदैन र पति सत्यवान, पत्नि सत्यवतिको घर हो जो गृहस्ति जिवन सफलताको घर हो त्यो घरमा सधा लक्ष्मिको वास रहिरहन्छ र गृहस्ताश्रम जिवन सफताको घर हो । गृहस्ति जिवन सफल हुनु नै भगवानमै मिल्नु हो । शिद्धकि प्राप्त गर्नु हो र त्यो पनि योगीहरुको पुर्ण सफल तपश्चरिया हो । जुन घरमा नारी तिरस्कृत छिन् त्यो घरमा नारी काली रुप धारणा गरि डंकिनिको रुप लिन्छिन ।

त्यहाँ शान्ति कहिले पनि रहँदैन त्यहाँ त अलक्ष्मीको बास हुन्छ । त्यहाँ राक्षसीपन हुन्छ त्यहाँ शान्ति सुख र स्वासोधाको उचारण नै हुँदैन् । नरग जिवन जिउन र समसान तुल्य घर बन्दछ । हामि मानवको रुप धारण गरि दानवको भुमिका निभाई राखेका नरपशुहरुलाई सरकारले वेद विचार र संस्कार आचारतिर अग्रसर हुन प्रकृतिको विधिको कानुनको अध्ययन गर्न र जसरी आकाश पिता हुन वृष्टि गर्छन, धर्तिमाताले रसिला फलफुल पोसिला अन्न उब्जाउन्छिन र यी श्रीहत्यारा पनि पालिएका छन् । यी विधिको विधान पढाउन जरुरी भैसकेको छ नेपालमा । सासुले बुहारी कुट्ने काममा दलाउने हत्या हिंसा गर्ने श्रीमानले मापासे गरि रातीमा घर आउने र लक्ष्मी रत्तश्री कुट्ने, दाइजो नल्याएको भनि घर निकाला तथा मृत्यु समेत गर्ने केश दिन दिनै जसो बलात्कार जस्ता ५ देखि १० जना सम्मको घटना भैरहने हुँदा हुँदा राक्षस प्रवृद्धिका नरभक्षी जनावर बाघ जस्तै व्यवहार गरि ६० देखि ७० वर्षका मुवा, जननी, माता, लक्ष्मी बलात्कृत हुने घटना समाजमा घट्दै आइराखेका छन् र घटिरहेका छन् ।

यो संसारमा मानवको रुप लिई जन्मेका दानव, हैमानहरुको लागी राज्यले फासिमा लड्काउने कानुन निर्माण गर्न ढिला भैसक्यो नेपालमा ।एकछिन नजर लगाउ त, प्रकृतिमाताको बादसल्य कलकल बग्ने निर्मल जल, सास धान्न हावा, खान रसिला अन्न, पोसिला फलफुल, जन्माइदिएकी छिन् ति आमा बलात्कृत हुनु लक्ष्मि अपुज्य हुन ति माताको अस्मिता लुटिनु मानव यौनीमा जन्म लिएका हैवान राक्षस पशुलाई फाँसि दिने कानुन बनाउनु भनेको पापको प्रायश्चित भएकाले यी नरपशुका लागी शुलिको कानुन निर्माण गर्न ढिला भैसक्यो । यी अपराधि पनि त आमाबाट जन्मिएका छन् । यीनका पनि त आमा, दिदि, भाईभान्जा छन् यीनका पनि त नातागोता छन् त्यसैले यि पशुहरुलाई राज्यले धर्मको फिलोसोफि बेदविचार र नैतिकता समाज निर्माण र समाज निर्माणमा नारीको भुमिका विषयक समुन्द्र मन्थन गर्दाका वखत लक्ष्मिरत्न निस्केको थियो । जो संसारकै आधा शक्तिको भुमिकामा पुज्यमान छिन् । शक्ति यी विग्रेका घरमा लक्ष्मी पिडीत भई अलक्ष्मीबाट जन्मेका सन्तानको मन मस्तिष्कमा धार्मिक बेदविचार र गुणस्तरिय शिक्षा प्रणालीको सिप सिकाई समाजमा पुनःस्थापित पापको प्रायश्चित गराउन नितान्त ढिला भैसकेको छ ।

देशमा यी नरपशुहरुलाई संरक्षण सम्बोधन गरि राख्ने राज्य र राज्यका निति निर्र्माताहरु पापिस्ट नरपशुको गोठालाको सज्ञा दिँदा पनि कम हुन जान्छ । शक्ति ति आमा हुन जुन आमाले १० माह पेटमा राखि आफ्नो खुन खाना दिई सुत्केरी हुँदाको पिडा सहि लालन पालन गरि असल गृहणीको भुमिकामा हुर्काइ शिक्षा दिक्षा दिई दुध पिलाइ मलमुत्र सोहरी संसार देखाएको छ । ति आमा लक्ष्मि पुज्य आमा जग–जननी आमावाट जन्मेका बालबालिका दिन दाहाडै बलात्कृत भई अन्यायमा परि राख्दा समेत राज्य महोन रहि रहनु भनेको नेपाल आमाको धज्जी उडाउनु हो ।नेपाल आमा बलतकृत हुनु हो । राष्ट्रिको स्वाभिमान प्रति आँच आउनु हो । राज्यमा असल भन्दा नरपशुको संज्ञा ९५ प्रतिशतले बृद्धि हुनु हो । ५ प्रतिशत धर्ममा लागेका मान्छेलाई तारकासुर दानवले स्वर्गमा राज्य गरि देविदेवतालाई दुख दिए समान हो ।

माता जननीको भुमिका निभाउने नारी पनि उत्तिकै साधवि हुनु जरुरि छ । एउटा पतिब्रता धर्ममा रहेकी शक्ति नारिको सतित्वले स्वर्गलोकका देवता इन्द्रको इन्दासन समेत डगमगाएको गन्थ्रहरुले १८ हजार वर्ष पहिला नै सावित गराइसकेको छ । आजको संचारको जमानाको दुरपयोग नगरी शक्तिपनि पतिप्रमेश्वर भन्ने सनातन धर्म बुझ्न जरुरी भैसकेको छ । कतिपय केशहरु यस्ता घटित छन् कि पति प्रदेशमा हुने खुन पसिना चुहाई अर्थ कमाउन जाने र श्रीमतिको नाममा पैशा पठाइराख्ने श्रीमतिहरु बालबच्चा पढाउने निहँुमा सासु ससुरावाट अलग भई सहरमा सहरिया जिवन जिउने र नेटवर्कको जमाना नेट चलाउने र श्रीमान कतिपय बितेका छन् भने, सम्पति समेत अन्यत्र घस्किने केश पनि घटित छन् । यी अलक्ष्मिको लागी पनि कडा से कडा कानुन आउन जरुरी छ । त्यस्ता केशले वृद्ध–वृद्धाको हरि विजोक भएको छ । त्यस्तालाई पापको प्रायश्चितको लागी प्रयाप्त कानुन निर्माणको खाँचो छ हाम्रो देश नेपालमा ।


विधिको विधान श्री पुरुष एक रथका दुई पाङगा्रको महशुस हुन र श्रीलक्ष्मी स्वरुपले गृह, जिल्ला, गाँउ, देशमै लक्ष्मीरत्नको भुमिका निभाउन र पुुरुष सत्यवान रुपमा गाँउ, गृह, जिल्ला देशमै सत्यवानको भुमिका वाहिर नजाउन अहिलेको कलियुगमा हात हातमा मोवाइल, घर घरमा संचार खस्किदो काम धन्दा व्याप्त बेरोजगारि उस्किदो घरेलु हिँसा र श्रष्टिसृजना कि महिला माथिको घटनाहरु दिनानु दिन घटित छन् ।

यी घटना निर्वारणको लागी जसरी ट्याप्लेट (गोली) सानो हुन्छ क्यान्सर निको पार्छ मन्त्र सानै हुन्छ आचार विचार नैतिकता संसार निर्माण गर्दछ । त्यसैले अवेर नगरौँ नारी लक्ष्मी रुपले पुजित हुने र पुरुष सत्यवान हुने कानुनको निर्माण गरौँ । बेदविचार सरहको नैतिक शिक्षा प्रणाली र गुणस्तरिय टेक्निकल शिक्षाको थालनी गरि कलाकारखाना खोली स्वरोजगारको ग्यारेन्टी गरौँ, अवश्य मेव संगितिक कलासिकल शिक्षाको पाठ पढाऊ, प्राकृतिक विधिको विधान सँग मेला खाने विधिको विदान बनाउ, अवस्य शक्तिमाथि नरपशुहरुले बलात्कार गर्ने छैनन् । सासु बुहारी प्रथाको अन्त्य हुने छ, दहेज प्रथाको समुल नष्ट गर्ने कानुन निर्माण गरौँ, यो देश १० वर्षमा लक्ष्मी पुजेता सत्यवानको देश हुनेछ, नारि छोरी हुन, चेली हुन, आमा हुन ,दिदिवहिनी हुन, जो आमाको वातसल्य भुल्छ त्यो हो । नरपशु त्यसलाई लक्ष्मी गायत्रीमन्त्र जप गर्न भन्दै म लेखक विदा हुन्छु ।ॐ महा लक्ष्मे, विद्धमयेःविष्णु प्रियायेःधिमहि तन्मो लक्ष्मी प्रचोदयात

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com