ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ, खबर मैं गरौंला – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं , ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए। प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्।

उनले आफू नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए।प्रधानमन्त्री केपी ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्। सरकारले एकवर्षे कार्यकाल पूरा गरेको सन्दर्भमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पटक–पटक सरकार फेरिने बानी परेकालाई अहिले सरकारले काम नगरेजस्तो मात्रै भएको हो। तर, सरकारले काम गरिरहेको छ।’ उनले अब सरकार नफेरिने बताए।

सरकारले एकवर्षे अवधि पूरा गरेको छ। यो एक वर्ष आधार वर्ष भएको छ। आगामी वर्ष उपलब्धिका वर्ष हुनेछन्।’उनले ५ वर्षे कार्यकाल पूरा गरी अर्को आमनिर्वाचनमा जाँदासम्म घोषणपत्रमा व्यक्त प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए।

ओली गत वर्ष फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका थिए। ओलीले पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन वर्षका रूपमा उल्लेख गरे।

उनले भने, ‘सरकारको नेतृत्व सम्हाल्दै गर्दा देशमा संवैैधानिक व्यवस्था मात्र थियो। संरचना केही नभएको अवस्थामा काम सुरु गर्दा पनि पानी खन्याउने अनेक प्रयास भए।’ विचारधारात्मक आग्रहरपूर्वाग्रहका आधारमा लोकतन्त्र खुम्चिएको र अधिनायकवाद आएको भनी भ्रम फैलाउनु दृष्टिदोष मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने घोषणा दोहोर्‍याए। उनले भ्रष्टाचार गर्न दुलोगौंडा चाहार्नेहरू अहिले मुर्मुरिएर भ्रष्टमाथि कारबाही खोई भनेर कराइरहेको आरोप लगाए। उनले भने, ‘मेरो घोषणा कसैले भन्नका लागि मात्रै भनेको ठानेको छ भने त्यसले गल्ती गर्दै छ। बुझे हुन्छ– अहिले सुशासनका संयन्त्र क्रियाशील भएका छन्। हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध छन्। भ्रष्टाचार गर्न तम्सिनेहरू तर्सिएका छन्।’ कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलोगौंडा चाहार्नेहरू मुर्मुरिएको उनले बताए।

उनले भने, ‘नेपाल बन्छ, बनाउनै पर्छ। हो, हरेक चिजको आयु हुन्छ। समयको सीमा हुन्छ। मान्छेको ज्ञानको सीमा छ। सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु, इमानको कुनै सीमा हुन्न।’ निष्ठाको कुनै निर्धारित आयु नहुने उनले बताए। प्रधानमन्त्रीले सर्वसाधारणलाई पनि आफ्नो नेतृत्वको सरकारले नकाम गरेको भए आफैंलाई सोधी हेर्न पनि आग्रह गरे।

‘तपाईंहरूलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु, छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के–के भए रु ’ प्रधानमन्त्रीले भने। काम गर्न नदिने शक्तिहरूले नै सरकारलाई काम गर्न अवरोध गरिरहेको उनले आरोप लगाए। ‘जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ। तर, कसैले जगलाई नै हेरेर खै त चोटारकोठा, खै छाना भन्यो भने कसको के लाग्छ रु मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरूले नै ‘खै घर बनाएको’ भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौं’, प्रधानमन्त्रीले भने।

ओलीले सरकारले पानीजहाज रमाइलोका लागि नभई चलाउनकै लागि काम गर्न खोजेको पनि बताए। उनले बिहीबार बिहान ललितपुरमा पानीजहाज कार्यालय उद्घाटनसमेत गरेका थिए। ‘मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ। त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो। भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला–‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि रु ’ म पनि ठट्टा गरौं रु ‘त्यो टिकट काट्ने अड्डा हैन। नजानुस्। टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ। खबर मैं गरौंला’, प्रधानमन्त्रीले भने

सरकारको दाबी

बजेट व्यवस्थापन

– संघीय सञ्चित कोषबाट प्रदेश तहमा कुल बजेटको ३।८ प्रतिशत र स्थानीय तहमा कुल बजेटको ६।५ प्रतिशत वित्तीय समानीकरण अनुदान।

– प्रदेश तहमा कुल बजेटको ४।८ प्रतिशत र स्थानीय तहमा ८।२ प्रतिशत स्रोतसहित कार्यक्रमरआयोजना कार्यान्वयनका लागि हस्तान्तरण।

– प्रदेश र स्थानीय तहलाई समपूरक अनुदान र विशेष अनुदानका रूपमा २० अर्ब रुपैयाँ बजेटको व्यवस्था।

संगठनात्मक संरचना निर्माण

– संघमा २२ मन्त्रालय, १२ वटा संवैधानिक निकाय, ५४ विभाग र विभाग स्तरका कार्यालय, ४ अन्य आयोगरसचिवालयसहित १ हजार ८१ कार्यालय।

– प्रदेशस्तरमा ७र७ वटा मन्त्रालय, १र१ प्रदेशसभा सचिवालय, १र१ प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत निर्देशनालय, ६३ वटा निर्देशनालय र ७ सय १७ डिभिजन र कार्यालय।

– स्थानीय तहलाई १० प्रकारमा वर्गीकरण गरी ७ सय ५३ तहको संगठन संरचना स्वीकृत।

कर्मचारी समायोजन

– संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ गरी १ लाख ३७ हजार ३ सय ७१ जना कर्मचारी दरबन्दी कायम गरी समायोजनको अधिकांश कार्य सम्पन्न।

कानुन निर्माण

– मौलिक हक कार्यान्वयनसम्बन्धी १६ कानुन निर्माण भई कार्यान्वयनमा। २५ कानुन संघीय संसद्बाट पारित। ५ अध्यादेश जारी। २३ विधेयक संघीय संसद्मा प्रस्तुत भई विचाराधीन।

– २४ विधेयक संघीय संसद्समक्ष प्रस्तुत गर्न अन्तिम तयारी।

– ४७ नियमावली र ७ गठन आदेश जारी।

– एक वर्षमा ३३ निर्देशिका, कार्यविधि र मापदण्ड जारी।

– संविधानसम्मत नभएका १६५ ऐन संशोधन प्रक्रियामा।

– नेपाल पक्ष भएका विभिन्न ९५ बहुपक्षीय तथा द्विपक्षीय अन्तर्राष्ट्रिय सन्धि–सम्झौता सम्पन्न।

– द्विपक्षीय, बहुपक्षीय सन्धि–सम्झौता, दातृ संघसंस्थासँग सम्पन्न गरिने ९ऋण तथा अनुदान० सम्झौताका १०८ मस्यौदा तयार।

विमानस्थल

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा।

– धनगढी र चन्द्रगढीसहित ६ वटा विमानस्थलबाट रात्रि सेवा सुरु।

ऊर्जा तथा जलस्रोत

– करिब ३ लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिए।

– प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घण्टाबाट बढेर २०० किलोवाट घण्टा।

– माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको काम अन्तिम चरणमा। अरूण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरु। भेरी–बबई डाइभर्सन आयोजनाको यो एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण।

सडक सञ्जाल

– ४९७ किलोमिटर नयाँ सडक निर्माण।

– ५८९ किलोमिटर ग्रामीण सडक स्तरोन्नति। तीमध्ये २२१ किमि सडक कालोपत्रे।

– ७ हजार ५ सय किलोमिटर सडक मर्मत।

– ८७ वटा पक्की मोटरेबल पुल निर्माण।

– ४१७ वटा झोलुंगे पुल निर्माण।

लगानी प्रस्ताव

– ४ सय ९९ वटा उद्योग दर्ता भई १ खर्ब ९८ अर्ब रुपैयाँ लगानी प्रस्ताव।

– विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्ब ८३ करोड रुपैयाँ लगानी प्रस्ताव।

परराष्ट्र नीति

– ‘सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’को नारामा परराष्ट्र सम्बन्ध सुमधुर। अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रतिको विश्वास र आकर्षण।

अर्थतन्त्र

– चालु वर्षको ६ महिनामा आर्थिक वृद्धि ६।७ प्रतिशत। आर्थिक वर्षको अन्त्यसम्म आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि हुनेमा विश्वस्त। आर्थिक वर्षको ६ महिनामा औसत महँगी ४।२ प्रतिशतमा सीमित।

पर्यटन

२१ वर्षपछि १० लाख पर्यटक भित्त्याउने सपना पूरा। पर्यटक आवागमन ३२।५ प्रतिशतले वृद्धि। संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कार्यकर्तालाई प्रचण्डको आग्रह- राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्नू

सुन्धाराको सडकमा ठोक्किए दुई मोटरसाइकल, एक जनाको मृत्यु

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com