काठमाडौं , ३ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति कञ्चनपुरमा थप ५ किलो ६०० ग्राम सुन बरामद गरेको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेलगत्तै राति थप सुन बरामद गरेको हो। ५किलो ६ सय ग्राम सुन थप फेला परेपछि २१ किलो ६सय ग्राम पुगेको छ ।
बिहीबार दिउँसो सुनसहित पक्राउ परेका दाजुभाइ मध्ये दाजु लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो। बरामद गरिएको १८ किलोे ५ किलो ६ ०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सुन भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको प्रहरीको अनुमान छ ।
पक्राउ परेका दुवै दाजुभाइमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ। राजश्व छली सुन ल्याइएको हुनाले अन्य अनुसन्धानका लागि भने राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ। निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको एपी सुदीप गिरी नेतृत्वका सीआईबीको टोली खटएिको थियो।
साही टोलीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमुनि लुकाइ राखेको अवस्थामा १८ किलो सुन बरामद फेला पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्