काठमाडौ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका हुन ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीले कार्यभार समालेका थिए । सत्ताको नेतृत्व गरेपछि अहिलेसम्म गरिएका कामको जानकारीसहित प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न गरेकाहुन । सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् ।
सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन सुरु भएको छ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता रहेको छ ।
बिकाशको आधार र संघीयता कार्यान्वयनको सफलतासँगै एक बर्षमा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, जनताको जलबिद्युतमा लगानी, पानीजहाज कार्यालय स्थापनादेखि आर्थिक बृद्धिदरमा ठुलो सफलता पाएको छ ।
सम्वोधनको पूर्णपाठ
http://www.abcnepal.tv/wp-content/uploads/2019/02/New-Microsoft-Office-Word-Document-2.pdf
प्रतिक्रिया दिनुहोस्