ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी – अध्यक्ष प्रचण्ड


abc


काठमाडौं, १ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
आज जनयुद्ध दिवसको अवसर पारेर नेकपाले आयोजना गरेको जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई समाजवादउन्मुख बाटोमा अगाडी बढाउन र विद्यमान परिवर्तनको रक्षाको निम्ति हिजोका सबै आन्दोलनकारी कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताउनुभएको हो ।

सहमति र सहकार्यबाट देशमा राजनीतिक आन्दोलनले सफलता पाएको स्मरण गर्दै एक्लै हिड्दा राजनीतिक सफलता प्राप्त नहुने र देशको विकास पनि गर्न नसकिने भन्दै विकास र समृद्धिको राष्ट्रिय एजेण्डामा सबै मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ । नेकपाले जनयुद्ध दिवस मनाएसँगै यसले वैचारिक र राजनीतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि हिजोका दुइ पार्टीलाई एकै ठाउँमा ल्याएको भन्दै पार्टी एकतालाई मजबुद बनाउने बताउनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले आजको राजनीतिक परिवर्तनमा जनयुद्ध, जनआन्दोलनका शहिदहरुको महत्वपूर्ण भुमिका भएकोले उहाँहरुको योगदानलाई सम्मान गर्दै निष्ठापूर्वक शहिदको सपना पुरा गर्न लाग्ने बताउनुभयो ।

तत्कालिन नेकपा(माओवादी)ले २०५२ फागुन १ गतेदेखी जनयुद्ध प्रारम्भ गरेको दिनको सम्झनामा नेकपाले जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको हो । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणपछि पहिलोपल्ट औपचारिक कार्यक्रमसाथ जनयुद्ध दिवस मनाइएको छ । यसले नेकपालाई भावनात्मक, संगठनात्मक, राजनीतिक र वैचारिक रुपमा पार्टीलाई अझ बलियो बनाउने नेकपाका नेता, कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

बाजुरा, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना,

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय

सम्बन्धित

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

यौन दुर्व्यवहारका आरोपीलाई दिएको नियुक्तिले बोरिस जोन्सनको सत्ता संकटमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...