काठमाडौं , १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा भोलि फागुन २ गते बिहीबार अपरान्ह ४ बजे विशेष सम्बोधन गर्ने भएका छन् । सिंहदरबारको ग्यालरी बैठक अगाडि सो सम्बोधन गर्ने भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीको नामबाट निम्तो बाँडिएको छ ।
ओली नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले एक वर्ष पूरा गर्दै छ । दुई तिहाई बहुमतको ओली नेतृत्वको सरकारको यो एक वर्षमा भएका उपलब्धीबारे जानकारी गराउने उदेश्यले सम्बोधनको तयारी भएको हो ।
यति लामो राजनीतिक संक्रमण पूरा गरेपछि प्रचण्ड बहुमत सहितको एउटा प्रष्ट नारा र चुनावका बेलाको हिसाबले हेर्दा एउटा भिजन लिएर आएको सरकारले एक वर्षेको समयमा निकै उपलब्धीमूलक काम भएको दावी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्