अर्घाखाँची, १७ असार । छत्रदेव गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका गापा अध्यक्षमा उम्मेदवार लेखनाथ पोखरेल ५ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिराम अधिकारीले ४ हजार ४ सय ५५ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै तुल्सादेवी श्रेष्ठले ५ हजार ६ सय ५४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी मनिषा पन्थीले ४ हजार १ सय ११ मत ल्याएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्