ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काँग्रेसमा १५५ जना आकांक्षी


admin
आश्विन १४, २०७४ शनिबार   ६ : ३३   बजे

पोखरा, १४ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कास्कीमा १५५ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।

पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४२ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिले जनाएका छन् ।

क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या फत्तेबहादुर गुरुङ, गुरु बराल, तिलक रानाभाट, कृष्णबहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिनुभएको क्षेत्रीय सभापति विर्जमान गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ संख्या पोखरेल, गौरी सापकोटा, सरस्वती गुरुङ, परशुराम वी पोखरेल, प्रा पदमशरण रेग्मी, तारा अधिकारी र हुमबहादुर गुरुङले आकांक्षा देखाउनुभएको छ ।

क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ आठ, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ छ र समानुपातिकतर्फ आठजनाले निवेदन दिएका छन् । यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियतबहादुर अधिकारी, ऋषिराम काफ्ले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरुप्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताउनुभयो ।


त्यस्तै समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्रा डा रामचन्द्र पोखरेल, खेमकुमारी बराल, विन्दादेवी आले, गंगाबहादुर खत्री र पद्मसिंह गुरुङ उम्मेदवारको आकांक्षी हुनुहुन्छ ।

प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा पाँच÷पाँचजना आकांक्षी हुनुहुन्छ । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा नौजना उम्मेदवारको आकांक्षी बन्नुभएको छ ।

यस्तै क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, खेमराज पौडेल, बाबुराम आचार्य, दीपक गुरुङ र भरतजङ्ग कुँवर तथा समानुपातिकतर्फ भोला थापा, सुरेन्द्रबहादुर भारी, कृष्णकुमारी परियार, रामजी कुँवर, गौमती थापा, गंगा केसी, मनबहादुर विश्वकर्मा लामगादे, रामप्रसाद अधिकारी र पोषनाथ शर्माले आकांक्षा देखाउनुभएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशसभा क्षेत्र नं ३ (क) को प्रत्यक्षतर्पm आठ, समानुपातिकतर्फ १७, क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ छजनाले उम्मेदवार बन्न निवेदन दिनुभएको बताइएको छ ।

क्षेत्रीय समितिहरुमा उम्मेदवार बन्ने आकांक्षीको नामावली जिल्ला समितिमा छलफल गरेर पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिने जिल्ला सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group