काठमाडौं , २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज शनिबार दिउँसो भएको भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीको विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको स्रोतले जनाएको छ ।
भेनेजुयलाको संकटका विषयमा प्रचण्डले निकालेको विज्ञप्तिमा प्रचण्ड चिप्लिएको प्रधानमन्त्री ओलीले बताएपछि दुइ नेताबीचको सम्बन्ध चिसिएको थियो ।
शनिबारको भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्बाउन नहुने विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्