ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुर्मुस-सुन्तलीले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला


admin

चितवन ,१७ माघ । धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुर महानगरमा बन्ने भएको हो । रंगशालाका लागि स्वदेश तथा विदेशबाट दाताहरु सहयोग गर्न तयार भएका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपनि कहिले र कहाँ निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेको थिएन्। धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भरतपुरको चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बुधबार राजधानीको राष्ट्रिय सभागृहमा अयोजित कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायअन्तर्गत रहेको २० बिघा ६ कट्ठा जग्गामा बन्न लागेको रंगशाला २ वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रंगशालाको लागि जग्गा सट्टाभर्नामा जग्गा खोज्न सुरु गरेको हो । महानगरपालिकाले त्रिविको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रही भोगचल गर्दै आएको जग्गामा रंगशाला निर्माण गर्ने जग्गा सट्टाभर्नाको प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । अबको ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने बताइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्र तयार गरी भरतपुर महानगरपालिकालाई फाउण्डेशनले हस्तान्तरण गर्ने सहमति भएको छ । रंगशाला निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)का अनुसार महानगरपालिकाले उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको ३ वटा रंगशाला निर्माण गर्ने बताएका छन ।


कट्टेलले भने, ‘हामी एकदमै आतुर छौं’अबको ६ महिनाभित्रै रंगशालाको शिलान्यास गर्ने गरी काम अघि बढाएका छौं । सम्झौताको मितिबाट ६ महिनामा डीपीआर तयार हुन्छ ।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर भीड

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com