काठमाडौं,१७ माघ । संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ ।
अवरोधबीच चिकित्सा विधेयक पारित भएको झण्डै एक सातापछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो । प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन ।
बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै कार्यसूची तय नभएको हो ।
राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ । कांग्रेसले यसअघि उठाउँदै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ । जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहु“ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ ।
तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको हो । बुधबारको कार्यव्यवस्थामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिपक्षसंगको सहकार्यमा सत्तापक्ष जिम्मेवार नभएको भन्दै अवरोध निरन्तर रहने बताएका थिए ।
यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ । सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाउनुभएको छ । उक्त बैठकको निर्णय अनुसार कांग्रेसले रणनीति बनाउनेछ । आजै बिहान ११ बजे कांग्रेसले आफ्ना सांसद्हरुसंग पनि परामर्श गर्दैछ
यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो । प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन ।
बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै कार्यसूची तय नभएको हो ।
राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ । कांग्रेसले यसअघि उठाउ“दै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ । जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहु“ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ ।
तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको हो । बुधबारको कार्यव्यवस्थामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खा“डले प्रतिपक्षसंगको सहकार्यमा सत्तापक्ष जिम्मेवार नभएको भन्दै अवरोध निरन्तर रहने बताएका थिए ।
यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ । सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाउनुभएको छ ।
उक्त बैठकको निर्णय अनुसार कांग्रेसले रणनीति बनाउनेछ । आजै बिहान ११ बजे कांग्रेसले आफ्ना सांसद्हरुसंग पनि परामर्श गर्दैछ
प्रतिक्रिया दिनुहोस्