
काठमाडौं , १५ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका छन् ।
यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब त्यस्तो नहुने जिकिर गरे ।
पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्य हुने वातावरण निर्माण गर्ने बताए ।
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन भ्रष्टाचार नियन्त्रण गछौं ।’
सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेको गरेको बताए ।
डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे । ‘हामीसँग सै छ । लगानी गर्नुस्, मिलेर विकास गरौं भनें,’ उनले थपे, ‘विश्व हाम्रो कुरामा सहमत छ ।’


















प्रतिक्रिया दिनुहोस्