काठमाडौँ, १५माघ। विगतमा आफूसग भएका सहमति चिकित्सा शिक्षा विधेयकमा हुवहु समावेश गरिनु पर्ने लगायतमा माग राखेर विगत २० दिन देखि अनसनरत डाक्टर गोबिन्द केसीको अनसनलाई लिएर चिकित्सक समेत दुई धुब्रमा बाडिएका छन । जसको कारण आन्दोलनको केन्द्रबिन्दुको रुपमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा सोमबार दिनभर डाक्टर केसीको पक्ष र बिपक्षका चिकित्सकहरु बीच जुहारी नै चल्यो भने चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित भएका छन् ।
काठमाडौको महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर सोमबार दिनभर प्रहरीको सुरक्षा घेरामा रह्यो । विगतमा आफूसग भएका सहमति चिकित्सा शिक्षा विधेयकमा हुवहु समावेश गरिनु पर्ने लगायतमा माग राखेर विगत २० दिन देखि अनसनरत डाक्टर गोबिन्द केसीका समर्थक र बिरोधी बिच बिहानैदेखि बिवाद हुदा प्रहरी प्रशासनले दिनभर सुरक्षा दिनु परेको होे ।
अस्पतालमा एकातिर आमरण अनसनरत वरिष्ठ चिकित्सक केसीका समर्थकले उनको जीवन रक्षाको माग गर्दै रिले अनसन गरे भने अर्काे तर्फ डाक्टर केसीको अनसनका बिरुद्धमा अनसन बसेका बिजय थापाका समर्थकहरुले अस्पतालभित्र भइरहेको गतिबिधीको बिरोध गरेका थिए । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगंजस्थित शिक्षण अस्पतालमा अनसन बसेका डाक्टर केसी र उनका समर्थनमा रिले अनसनको क्याम्प बसेकाहरुले अस्पताल भित्रबाट हटाउन अस्पताल प्रसासनसंग माग समेत गरेका थिए ।
यता डाक्टर केसीका समर्थनमा रिलेअनसनमा बसेका रािष्ट्रय आवासिय चिकित्सक संघ, रेजिडेन्ट डाक्र्टस एसोसियसन, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी संघस“ग आवद्ध चिकित्सकहरुले आफु कार्यरत अस्पतालको ओपिडी, ओटी, राउन्ड र इन्डोर सहित आकस्मिक सेवाबाहेकका सवै सेवा अघोषित रुपमा बन्द गरेर डाक्टर केसीको सर्मथनमा रिले अनसनमा उत्रिएका हुन
पछिल्लो समय बिरामीको उपचारभन्दा पनि माग पुरा गराउने स्थलको रुपमा परिचित हु“दै जानथालेको यो अस्पतालमा देशका बिभिन्न भागबाट उपचार गर्न आउने विरामीहरु चिकित्सकको आन्दोलनबाट प्रभाबित हुने गरेका छन । यसरी सोमबार डाक्टर केसिका सार्मथक र बिरोधीहरुको द्धन्दको सृजना हुने भएकोले अस्पताल प्रसासनले अस्पतालमा कुनै पनि धर्ना, बिरोध, बन्द हड्ताल नर्गन सबैलाई आग्रह समेत गरेको थियो ।
चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित भएको छ । यद्यपि दुईपक्षको बिरोधका भएतापनि अस्पताल प्रसासनले बिरामीको उपचारमा समस्या हुन नदिनका लागि सबै सेवा सुचारु गरिएको दावी गरेको छ । कुनैवेला दक्षीण एसियाकै राम्रामध्ये गनिने सरकारी अस्पताल यो संस्थान पछिल्लो समय डाक्टरहरुको आन्दोलन र विश्वविद्यालयभित्रको आन्तरिक खिंचातानीको कारण निरन्तर खस्किदै छ ।
सरकारी अस्पतालाई बिरोधको स्थल बनाउदा उपचारका लागि आउने आम सर्वसाधारण मारमा पर्ने गरेका छन् । त्यसैले भरसक अस्पताल परिसर कुनै बन्द वा विरोधको थलो बन्ने नदिने, कथंकदाचित अवरोधको अवस्था आएमा पनि विरामीले निर्वाध उपचार पाउने कुराको लागि सवै सरोकारवाला सचेत बन्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्