ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोली सोमबार नेपाललाई हस्तान्तरण गर्ने


abc

 

काठमाडौं, १३ माघ ।   विस्तार भएको चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोली सोमबार नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो ।

सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर, यो सडक वैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो पनि चर्को सुनिएको छ । सरकारले सर्भिस लेन निर्माणको काम भने सकाएको छैन ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बनेको थियो । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिए ।

सोमबार सम्भवतः प्रधानमन्त्री ज्युकै उपस्थितिमा हस्तान्तरण हुन्छ,’ उनले भने । यो सडक निर्माण्का लागि अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले काम सकेको थियो ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ । यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा हुने सवारी जामको घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

ठाकुर र यादवसँग सिके राउतको भेट

गठबन्धन राजनीतिकमा छुवाछुत छैन – झलक सुवेदी, राजनीतिक विश्लेषक

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै : तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...