ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक लडाकू विमान दुर्घटनाग्रस्त


एबीसी न्यूज


काठमाडौं , १० माघ ।  ‘टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक बम्बर रुसको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरण गर्ने क्रममा उक्त लामो रेन्जको बम्बर दुर्घटनामा परेको रुसको राष्ट्रिय संचारले जनाएको हो । सो लडाकू विमानमा कमान्डर, को–पाइलट, नेभिगेटर र अपरेटर गरि चार अधिकारी सवार थिए जसमध्ये तीनजनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको प्रमुख कारणबारे पक्का प्रमाण फेला नपर्दा, खराब मौसमका कारण त्यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । टुपोलेभ टु–२२ एम३ लामो रेन्जको सुपरसोनिक लडाकू विमान हो जसलाई रुसमा पहिलोपटक १९८० को दशकमा सेवामा ल्याइएको थियो । जेन्स बाइ आइएचएस मार्किटका अनुसार सो विमान आणविक प्रहार गर्ने क्षमतायुक्त बम्बर हो र सामान्य हमला गर्न अनि जहाजी मिसनमा समेत काम गर्न सक्छ ।

राष्ट्रपति पुटिनले गत वर्ष मात्र रुसले नाटोका प्रतिरक्षात्मक प्रणालीलाई मात दिने नयाँ हतियार सार्वजानिक गर्ने घोषणा गरेका थिए । रुसका नयाँ हाइपरसोनिक मिसाइल प्रणालीका अगाडि जुनसुकै प्रतिरक्षात्मक हतियार पनि बेकार साबित हुने उनको दाबी थियो । गत डिसेम्बर २६ मा गरिएको मिसाइल परीक्षणपछि पनि फेरि पुटिनले अमेरिकाका अगाडि रुस असंवेदनशील रहेको ठहर गरेका हुन् । उनले भनेका थिए , ‘नयाँ किसिमको रणनीतिक हतियार प्राप्त गर्ने रुस पहिलो मुलुक हो जसले दशकौँसम्म राज्य र देशका जनताको सुरक्षा सुनिश्चित गर्नेछ । ’

यसरी रुसद्वारा निर्माण गरिएको एभान्गार्ड हाइपरसोनिक प्रणाली दक्षिणपश्चिम स्थित डोमबारोभस्की सैन्य बेसबाट परीक्षण गरिएको थियो । दुर्घटनामा परेको टुपोलेभ मिसाइलले भने घटनाका क्रममा कुनै हतियार नबोकेको बताइएको छ । – सिएनएन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com