ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने


admin

एजेन्सी,९ माघ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा ठीक विपरित धारणा राख्दै आएका देशका शीर्ष नेताहरुबीच हुन लागेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सिरियामा रुसले सरकारलाई सघाइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरुलाई राष्ट्रपति बशर अल असदका विरुद्धमा लड्नका लागि सहयोग गरिरहेको छ ।

परस्पर विपरीत पक्षमा उभिएका दुई देशका नेताहरुले अहिले सात वर्षदेखि सिरियामा जारी द्वन्द्वको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ । उनीहरुले त्यसका लागि सँगै मिलेर काम गर्ने प्रयास पनि गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फर्काइने भन्दै गत महिना गरेको घोषणाले पनि रुस र टर्कीका राष्ट्रपतिको भेट गराएको विश्वास गरिन्छ ।

टर्कीका राष्ट्रपति एर्डोगानले गत सोमबारको एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको “सुरक्षा क्षेत्र”का बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताउनुभएको थियो ।

अमेरिकाको समर्थनप्राप्त कुर्द लडाकूहरुले सिरियाको अधिकांश उत्तरी भागलाई नियन्त्रणमा लिएका छन् । रुसले लामो समयदखि सिरियाली राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ । रुसले त्यस क्षेत्रमा शान्ति स्थापनका लागि टर्की र इरानसँग त्रिपक्षीय शिखर बैठक आयोजना गर्ने योजना पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com