ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूटानको संसदद्धारा द्धिपक्षीय हवाई सम्झौता अनुमोदन


admin

 थिम्पू, ५ माघ । भूटानको संसदले भूटान र संयुक्त अरब इमिरेट्सबीचको हवाई सम्झौता अनुमोदन गरेको छ । भूटानी संसदको जारी अधिवेशनबाट सो द्धिपक्षीय हवाई सम्झौता अनुमोदन भएको भूटानको राजधानी थिम्पूबाट प्राप्त समाचारमा जनाइएको छ ।

यी दुई देशबीचको सीधा हवाई उडानसम्बन्धी सम्झौता सन् २०१७ को फेब्रुअरीमा सम्पन्न भएको थियो । सो सम्झौताको अनुमोदन जारी संसदको बैठकबाट भएको बताइएको छ ।

भूटानका सूचना तथा सञ्चारमन्त्री कर्मा दोनेन् वाङ्दीले सो सम्झौतासम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव संसदले पारित गरेको बताइएको छ ।

सो सम्झौताको बारेमा संसदमा विभिन्न धारणा राखेका थिए । कतिपय सांसदले सो सम्झौताको बारेमा फरक मत पनि राखेका थिए ।

तर सञ्चारमन्त्री कर्मा दोनेन्ले भने सो सम्झौतापछि दुइ देशबीचको यात्राको समयावधि कटौती हुने धारणा राख्नुभएको थियो ।

उहाँले आफ्नो प्रस्तावको बारेमा संसदमा बोल्दै उक्त हवाई सम्झौताको अनुमोदन भएमा मध्यपूर्वी यस देश र भूटान आवतजावतका लागि प्रत्यक्ष यात्रा हुने र त्यो यात्रा सजिलो पनि हुने जानकारी दिनुभएको थियो ।

उहाँको सो मतपछि भूटानको संसदमा उक्त सम्झौता अनुमोदनका लागि मतदान भएको थियो । संसदमा भएको मतदानको भूटानको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

सम्बन्धित

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com