ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूटानको संसदद्धारा द्धिपक्षीय हवाई सम्झौता अनुमोदन


admin
माघ ५, २०७५ शनिबार   ६ : ११   बजे

 थिम्पू, ५ माघ । भूटानको संसदले भूटान र संयुक्त अरब इमिरेट्सबीचको हवाई सम्झौता अनुमोदन गरेको छ । भूटानी संसदको जारी अधिवेशनबाट सो द्धिपक्षीय हवाई सम्झौता अनुमोदन भएको भूटानको राजधानी थिम्पूबाट प्राप्त समाचारमा जनाइएको छ ।

यी दुई देशबीचको सीधा हवाई उडानसम्बन्धी सम्झौता सन् २०१७ को फेब्रुअरीमा सम्पन्न भएको थियो । सो सम्झौताको अनुमोदन जारी संसदको बैठकबाट भएको बताइएको छ ।

भूटानका सूचना तथा सञ्चारमन्त्री कर्मा दोनेन् वाङ्दीले सो सम्झौतासम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव संसदले पारित गरेको बताइएको छ ।

सो सम्झौताको बारेमा संसदमा विभिन्न धारणा राखेका थिए । कतिपय सांसदले सो सम्झौताको बारेमा फरक मत पनि राखेका थिए ।

तर सञ्चारमन्त्री कर्मा दोनेन्ले भने सो सम्झौतापछि दुइ देशबीचको यात्राको समयावधि कटौती हुने धारणा राख्नुभएको थियो ।

उहाँले आफ्नो प्रस्तावको बारेमा संसदमा बोल्दै उक्त हवाई सम्झौताको अनुमोदन भएमा मध्यपूर्वी यस देश र भूटान आवतजावतका लागि प्रत्यक्ष यात्रा हुने र त्यो यात्रा सजिलो पनि हुने जानकारी दिनुभएको थियो ।

उहाँको सो मतपछि भूटानको संसदमा उक्त सम्झौता अनुमोदनका लागि मतदान भएको थियो । संसदमा भएको मतदानको भूटानको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

खुला इन्टरनेटको अन्त्य

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group