ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाईन फ्लुुका कारण ४० को मृत्यु


admin

एजेन्सी,४ माघ । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् ।

यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए ।

अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् ।

विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ ।

त्यसैगरी स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अप्नाउनु पर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

जनचेनतामुलक अभियानका क्रममा पाँच हजार १०० जनाको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो ।

“अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, ती मध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,” राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वाइन फ्लुबाट विशिष्ट व्यक्तिहरु पनि विरामी भएका छन्, ती मध्ये प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार समेत रहनु भएका अमित शाह पनि हुनुुहन्छ । यही हप्ता विरामी पर्नु भएका शाहलाई अस्पताल भर्ना गरिएको थियो ।

राजस्थानको जोथपुर जिल्लामा सवै भन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीहरुले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै बिजुली गएपछि

सम्बन्धित

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com