ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रमा कुनै व्यक्ति विशेष सर्वोपरी हुन सक्दैन् : प्रधानमन्त्री ओली


admin

काठमाडौं,४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको हो ।

सांसद गगन थापाले सरकारले डाक्टर केसीसंग गरेको सम्झौता विपरित हुने गरी संसदीय समितिले प्रतिवेदन पेस गरेको भन्दै प्रधानमन्त्रीले चाहाना राखे पुर्व सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने थियो भन्ने जिशासामा प्रधानामन्त्रीले संसदको सर्वोच्चता र कानूनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले संसद र संसदीय सर्वोच्चताको आफुले सम्मान गर्ने भन्दै सरकारले संसदलाई निर्देशन दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “ सम्पुर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने सार्वभौम संसद र यसको सार्वभौमिकता, संसदको अधिकार संसदको सर्वोच्चताप्रति,सार्वभौम जनताको अधिकारको सार्वभौम प्रयोकर्ताको हैसियतप्रति, संसदको विधि निर्माणमा स्वतन्त्र हैसियत प्रति म नतमस्तक छु र सम्मान गर्छु । ”

उहाँले डाक्टर केसीको अनसन नै सर्वोपरि हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “एकजना अनसन बसेपछि देशै बन्धक हुने, तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, कानुनले काम नगर्ने ,राष्ट्रिय आवश्यकताले काम नगर्ने , आवश्यकताका औचित्यका मार्गहरु अवरुद्ध हुने व्यक्तिको अनसन सर्वोपरी हुने लोकतन्त्रमा हुन्छ ?”

उहाँले डाक्टर केसी संग सरकारले गरेको सम्झौता सत्य निरुपण नभई तात्कालिन परिस्थितिको उपज र आवश्यकताको सम्झौता मात्रै भएको र त्यसप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको बहुमत छ, को अर्थ संसदको सर्वोच्चता प्रति प्रधानमन्त्री वा सरकार, फेरी वहुमत छ भनेका भरमा संसदीय सर्वोच्चता , यस सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन । मेरो आग्रह छ सरकारले गरेको सहमति संसदले कार्यान्वयन गरिदिओस् । तर म आदेश दिन सक्तिन । संसदको आदेश पालना गर्छु । ”

उहाँले डाक्टर केसी संग भएको सम्झौता अनुसार नै सरकारले संसदमा विधेयक पेश गरेको बताएपनि सरकारले गरेको सम्झौता अनुसार नै विधेयक पास गर्ने -नगर्ने सर्वोच्चता संसदसंग मात्रै रहेको र त्यसैलाई आफुले स्वीकार गर्ने बताउनुभयो ।

सरकारले जे ल्यायो त्यो पास गर्नु विधिसम्मत नहुने भन्दै विधि निर्माणको सवालमा संसदलाई बाध्यपार्न र गुमराहमा धकेल्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

कानूनी राजको सिद्धान्तलाई हरेकले मान्नुपर्ने भन्दै उहाँले कानून भन्दा माथि कोही पनि नहुने र सबै कुरा कानून अनुसार हुने स्पष्ट पार्नुभयो । कसैले पनि आफुलाई सर्वोपरी नसम्झिन पनि उहाँले चेतावनी दिनुभयो ।

सांसद थापाले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा संसदीय समितिले तयार पारेको प्रतिवेदनमा ९५ प्रतिशत माग पुरा भईसक्यो भन्ने कुतर्कमा नअलमलिई सरकारले डाक्टर केसीसंग गरेको सम्झौता हुबहु हुने गरि पारित गराउन प्रधानमन्त्रीले चाहना मात्रै राखे संसदले सजिलै त्यो काम गर्न सक्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वय गरि संस्था प्रतिको विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने ? भनी प्रश्न गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर भीड

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com