ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री र मुख्यमन्त्रीको झण्डा हल्लाउन मात्र बुटवललाई अस्थायी राजधानी तोकीएको होईन : कांग्रेस नेता खांड


sharan sharan

बुटवल, ३ माघ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ ।
आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदियदलमा कांग्रेसका सचेतक बालकृष्ण खांडले मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउकालागि मात्र बुटवललाई अस्थायी राजधानी नबनाईएको बताउनुभयो । उहांले लुम्बिनीसंग पहाड र तराईको जिल्ला जोड्दै समृद्ध प्रदेश बनाउन देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउंदै मुख्यमन्त्री र प्रदेश सरकारले चाहंदैमा राजधानी अन्यत्र जान नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले किस्तीमा राखेर कम्युनिष्टहरुलाई सत्ता दिंदा समेत प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाउनुभयो । संसदिय ब्यवस्था मान्ने तर संसदिय समितिको निर्णय नमान्ने प्रधानमन्त्रीलाई सडकबाटै फाल्ने शक्ति कांग्रेससंग रहेको नेता भण्डारीको भनाई छ ।
सभा सूरुहुनु अघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिभिन्न नारा लगाउंदै नगरपरिक्रमा गरेका थिए । बुटवलकोराजमार्ग चौराहाबाट सूरु भएको ¥याली मिलनचौक, पुष्पलालचौक हुंदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्ने वक्ताहरुले माघ ३ लाई बुटवलले प्रदेश राजधानी घोषणा भएको उत्सवकोरुपमा मनाउनुपर्ने बताएका थिए । तत्कालिन देउवा सरकारले १ वर्ष अगाडी आजकै दिनमा ७ वटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्रराज कंडेल, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांचीका पार्टी सभापतिहरुले समेत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

सम्बन्धित

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

७३ दिनपछि शुरु भएको कोरोनाबाट २८ दिनमा ३२ जनाको मृत्यु : मृत्यु हुने मध्ये ६ जना मात्र खोप लगाएको

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...