ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने


admin

एजेन्सी,३ माघ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।

चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ ।

यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीनदिने भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा देखिएका समस्या सुल्झाउन अर्जेन्टिनाको ब्युनस आयर्समा गतवर्षको डिसेम्बरमा सहमति भएको थियो ।

“तीन महिने व्यापार युद्धविराम” नाम दिइएको उक्त सहमति बमोजिम अमेरिका र चीन दुबैले आआफ्ना बस्तु तथा सेवामा थप करवृद्धि गरेका छैनन् ।

चिनीया वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच भएको पूर्व सहमति बमोजिम दुई मुलुकबीचको आर्थिक तथा व्यापार विषयमा गहन छलफल हुने बताउनुभयो ।

उपप्रधानमन्त्री लिउ ही अमेरिकी अर्थमन्त्री स्टीभन मनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रबर्ट लाइटीजरको निमन्त्रणामा अमेरिका जान लाग्नुभएको पनि गाओले जानकारी दिनुभयो ।

दुई मुलुकबीचको व्यापार वार्तामा कुनै समाधान नखोजिए आगामी मार्च २ तारिखदेखि करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि हुने अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ ।

अमेरिकाले यसअघि नै चिनीया सामानमा १० प्रतिशत करवृद्धि गरिसकेको छ । चीनले समेत प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com