काठमाडौं,२ माघ । आज २१औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश देश भरि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
यसै अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पाटन दरबार क्षेत्रमा भैरहेको पुननिर्माण भैरहेका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेका छन ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका पाटन दरबारका एतिहासिक तथा पुरातत्व महत्वका सम्पदा क्षेत्रमा अवलोकन गर्दै पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी पनि लिए ।
प्रधानमन्त्री ओलीले पाटन दरबार क्षेत्रका भवन, मन्दीर, सत्तल, धारा, भण्डारखाल क्षेत्र, दरबारका चोकहरुको पुननिर्माणको जानकारी लिएका थिए ।
अवलोकन पछि दरबार क्षेत्रमा सम्बाददाताहरु संग कुरा गर्दै प्रधानमन्त्री ओलीले ललितपुर दरबार क्षेत्रका सम्पदाहरुको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको भन्दै खुसि व्यक्त गरेका छन ।
प्रधामन्त्री ओलीले सरकारले निजी आवाश,विद्यालय तथा धार्मिक एवं सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई बिशेष प्राथमिकता दिएको पनि बताए । ललितपुर दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ ।
यसको पुननिर्माणमा नेपाल सरकारको जस्तै युनेस्को लगायतका संस्थाहरुले पनि अनुगमन गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्