
काठमाडौं,२ माग । सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन कर्मचारीलाई अनलाइन फारम भर्न दिएको समय आज सकिँदैछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समयसीमा तोकेर समायोजन हुन अनलाइन फारम भर्न दिएको समय आज सकिन लागेको हो ।
समायोजनमा जान आज राति १२ बजेसम्म अनलाइन फारम भर्न सकिनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७६ हजार भन्दा धेरै कर्मचारी फारम भर्ने क्रममा रहेको जनाएको छ ।
मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्