
धादिङबेँसी, २ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ ।
लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उहाँले घले जातिलाई आदिवासीमा सु-सूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, भेषभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सु-सूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गर्नुभयो ।
पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँ-ठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताउनुभयो । उहाँले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीलाई भेडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो ।
ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए । पुछार बजारबाट झाँक्रीसहित निकालिएको ¥याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्