ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको कडा चेतावनी


admin
पुस ३०, २०७५ सोमबार   ६ : ०८   बजे

 

 एजेन्सी,३० पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

उहाँले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गर्नुभएको थियो । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक रहेको विश्वास गरिन्छ । उहाँले सिरियाबाट सैन्य फिर्ताका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीका बारेमा हालका दिनहरुमा फुकीफुकी ट्वीट गरिरहनुभएको छ ।

राष्ट्रपति ट्रम्पका उच्च कुटनीतिज्ञ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अहिले मध्यपूर्वका मुलुकहरुको भ्रमणमा हुनुहुन्छ । अमेरिकी समर्थनप्राप्त सिरियाली कुर्दिस गठबन्धनको भविष्यका बारेमा अमेरिका र टर्कीबीच उत्पन्न पछिल्लो तनाबलाई मत्थर बनाउन विदेशमन्त्री पोम्पेओले क्षेत्रका नेताहरुसँग परामर्श गरिरहनुभएको छ ।

सिरियाली कुर्दिसले इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा अमेरिकी नेतृत्वको फौजलाई सहयोग गरेको थियो । सिरियाली कुर्दिस लडाकूहरु अमेरिकी फौजको फिर्तीसँगै आफूहरुमाथि टर्कीले सैन्य कारबाही गर्ने भयमा छन् ।

अमेरिकी समर्थनप्राप्त कुर्दिस लडाकूको सुरक्षालाई ध्यान दिएर मात्र अमेरिकी सैनिक फिर्ता हुने बताएपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ । टर्कीले कुर्दिस लडाकू समूहलाई आतङ्ककारीको रुपमा व्यवहार गर्दछ ।

“कुर्दमाथि आक्रमण गरिए टर्कीले गम्भीर आर्थिक क्षति व्यहोर्नुपर्नेछ,” ट्रम्पले ट्वीटमा भन्नुभएको छ । उहाँले कुर्दिस लडाकूका लागि ३० किलोमिटरको सुरक्षित क्षेत्र बनाउने प्रस्ताव अघि सार्नुभएको छ ।

सुरक्षित क्षेत्र बनाउने बारेमा उहाँले विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन । खासगरी, यस्तो क्षेत्र बनाउँदा लाग्ने खर्च कसले व्यहोर्छ भन्ने प्रस्ट भएको छैन ।

इस्लामिक स्टेट विरुद्ध अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा कुर्दिसको प्रभुत्व रहेको सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले मद्दत गरेको थियो । एसडीएफको गठन नै कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँग निकट सम्बन्ध रहेको वाइपीजीले गरेको छ । वाइपीजीलाई टर्कीले आतङ्ककारी समूहको संज्ञा दिने गरेको छ ।

पीकेकेले स्वतन्त्र राष्ट्रको माग गर्दै दशकौंदेखि टर्की विरुद्ध छापामार युद्ध चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group